बैतडी – बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन्। उनीहरू धनगढी र डडेल्धुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन्। जिल्लामा एकमात्र आयल स्टोर रहेपनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन्। जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला […]