बैतडीमा एक सयभन्दा बढी व्यापारीहरू नियमविपरीत डिजेल र पेट्रोलको व्यापार गर्दै आएका छन् । उनीहरू धनगढी र डडेलधुराबाट ड्रममा पेट्रोलियम पदार्थ ल्याएर बिक्री गर्दछन् । जिल्लामा एकमात्र आयल स्टोर रहे पनि एक सयभन्दा बढी व्यापारीहरूले अवैध रुपमा पेट्रोलियम पदार्थको कारोबार गर्दै आएका हुन् । जिल्ला सदरमुकाम गोठलापानी, देहिमाण्डौँ, पाटन, खोड्पे, गोकुलेश्वर, सिल्लेगाडालगायतका सबै बजारमा दर्जनौँ व्यापारीले खुला रुपमा पेट्रोलियम पदार्थको बिक्री बितरण गर्छन् । यसरी पेट्रोलियम पदार्थ बिक्री गर्दा दुर्घट