पुनर्निर्माणका बाँकी काम सक्न ६ खर्ब लाग्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुनःथापनाका बाँकी काम सम्पन्न गर्न ६ खर्ब रुपैयाँ लाग्ने बताएका छन् ।

सम्बन्धित सामग्री

बबरमहल दरबारमा बस्न तीन कार्यालयको हानाथाप

दरबारमा प्रवलीकरणको काम अझै सकिएको छैन। सबै काम सक्न अझै ६ महिना लाग्ने अनुमान गरिएको छ।

समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन

विराटनगर । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहिबार आयोजित एक कार्यक्रमविच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् । कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न […] The post समयमै काम सक्न सहरी विकास मन्त्रीको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भदौभित्र सम्झौताका काम सक्न निर्देशन

सुर्खेत- कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरी सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका दिएका छन् । २ साउनमा नै अख्तियारी गइसकेकोले भदौभित्र सम्झौता गरेर कामलाई गति दिनुपर्ने भन्दै मन्त्री सिंहले १० जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिएका हुन् । मन्त्रालयले कर्णाली प्रदेशको वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी छलफलमा […]

चैत मसान्तसम्ममा मेलम्चीको पानी काठमाडौँ पुग्छः चौधरी

बिहीबार हेलम्बु–१ मा रहेको मेलम्ची खानेपानीको बाँधस्थल पुगेका मन्त्री चौधरीले तोकिएको समयमा काम सक्न ठेकेदार कम्पनी र सम्बन्धित कर्मचारीलाई निर्देशन दिए। अहिले हेडवक्र्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।...

काम सक्न थप एक खर्ब ७५ अर्ब लाग्ने

काठमाडौं–तराई-मधेस द्रुतमार्ग निर्धारित समयमा सम्पन्न गराउन आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने भएको छ ।काठमाडौं–तराई-मधेस द्रुतमार्गको अवलोकन भ्रमणसमेत गरेको राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन समितिले द्रुतमार्ग सम्पन्न गर्नका लागि थप एक खर्ब ७५ अर्ब रुपैयाँ लाग्ने निष्कर्ष निकाल्दै सो रकमको व्यवस्थापनका लागि सरकारका सरोकारवाला मन्त्रालयसँग छलफल गर्ने भएको हो । […]

तोकिएकै समयमा काम सक्न मुख्यमन्त्रीको निर्देशन

गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शनिबार निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण भ्रमण गर्नुभएको छ । मुख्य मन्त्री पोखरेलले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण स्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्नुभएको थियो ।

गौरवका आयोजनाको काम सक्न बागलुङ एमालेको माग

नेकपा एमाले बागलुङले मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको स्तरवृद्धि तथा कालोपत्रेमा ढिलासुस्ती, हेलचेक्रयाई र लापरबाही गर्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेको छ । जिल्लामा सञ्चालित गौरवका आयोजना निर्धारित समयमा सम्पन्न नगर्दा जनताले सास्ती भोग्नु परेको निष्कर्षसहित एमाले नवौं जिल्ला अधिवेशनले काम गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्दै अधुरा काम पुरा गर्न सरकारसँग माग गरेको हो । अधिवेशन पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि घोडाबाधे खण्ड, सालझण्डी ढोरपाटन सडक कालिगण्डकी करिडोर राष्ट्रिय आयो

तोकिएको समयमा काम सक्न मुख्यमन्त्री भट्टको निर्देशन

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडकको कालोपत्रको काम ताकिएको समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उक्त सडक निर्माण कार्यको अनुगमन तथा निरीक्षणका लागि त्यहाँ पुगेका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारबाही गरिने चेतावनीसमेत दिएका छन् । अनुगमनकै क्रममा मुख्यमन्त्री भट्टले भने, ‘अहिले कोरोना पनि खासै छैन, तोकिएको समयमा काम सक्नुस्, बहानाबाजी गर्न पाइँदैन, काम नसके कारबाही हुन्छ ।’ सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्र गर्न बजेट विनियोजन भएकाले तोकिएको समयमै काम सक्नुपर्ने मुख्यमन्त्री भट्टले निर्माण कम्पनीलाई आग्रह गरे । उक्त सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले ४० करोड बजेट विनियोजन गरी काम सुरु भएको हो । अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम सुरु गरिएको उक्त सडक हेर्ने जिम्मा पाएका इञ्जिनीयर राजेन्द्र चौधरीले बताए ।      उनले भने, ‘तोकिएको समयमै काम सक्छौँ, ढिलासुस्ती भएको छैन ।’ सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ । पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए ।       उक्त निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएको छ । सडक कालोपत्रको जिम्मा लिएसँगै कामले तीब्रता लिएको निर्माण कम्पनीको दाबी छ । विगतमा उक्त सडक वर्षातमा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा वर्षौंदेखि यहाँका स्थानीयवासी सडकको समस्याले आजित बन्दै आएका थिए भने यहाँका प्रमुख पर्यटकीयस्थल खप्तडमा जानसमेत समस्या खेप्दै आएका थिए । अब सडक कालोपत्र हुन थालेपछि पर्यटकलाई खप्तड भ्रमणका लागि निकै सहज हुने होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष राजेन्द्र शाहीले बताए । उनले भने, ‘सडक सञ्जाल नभएकै कारण खप्तडमा खासै पर्यटक भित्र्याउन सकेका थिएनौँ, अब सडक कालोपत्र हुँदै छ, पर्यटक भित्र्याउन सहज हुनेछ ।’ रासस

माथिल्लो तामाकोसीले थेग्न सकेन उद्घाटनको दबाव, ‘म्यानहोल’बाट चुहियो पानी

४ जेठ, काठमाडौं । परीक्षणका क्रममा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङभित्र राखिएको पेनस्टक पाइपमा चुहावटको समस्या देखिएको छ । तीव्र सरकारी दबावका कारण छिटो काम सक्न खोज्दा दक्षता र गुणस्तर नपुगेकाले अहिले पेनस्टक पाइपकै भागमा समस्या देखिएको आयोजनाका प्राविधिकहरुको निष्कर्ष छ । प्राविधिकहरुका अनुसार उद्घाटनका लागि छिटो काम सक्न गर्न प्रधानमन्त्री तथा […]

असारसम्म काम सक्न आयोगलाई मन्त्री अर्यालको निर्देशन

भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले भूमि सम्बन्धि समस्या समाधान आयोगलाई असारसम्ममा काम सक्न निर्देशन दिएकी छिन्।