साढे तीन महिनापछि बस्न लागेको प्रदेश १ को प्रदेशसभा बैठकमा प्रदेश नामकरणको विषय प्रवेश नपाउने भएको छ । प्रदेशसभाको बैठक १०५ दिनपछि भोलि (आइतबार)का लागि तय भएको छ । बैठकको कार्यसूचीसमेत तय भइसकेको संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सूचना अनुसार भोलिको प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुनेछ । यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको थियो । सत्ता गठबन्धन दल