२१ अर्बभन्दा बढी राजस्व संकलन

विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशत कमी हो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो ।सो अवधिमा गत आर्थिक वर्षको भन्दा तीन अर्ब ७५ करोड ९९ लाख ७३ हजार बढी राजस्व संकलन भएको कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले जानकारी दिए । गत आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले २३ अर्ब ६ करोड ८३ लाख ६६ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजस्व संकलन गरेको बताएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा संकलित राजस्वमा भन्सार महसुल आयाततर्फ ७ अर्ब ९६ करोड ७१ लाख ३२ हजार, मूल्य अभिवृद्धिकरतर्फ १० अर्ब ९४ करोड २७ लाख १७ हजार, अन्तःशुल्कतर्फ एक अर्ब ४८ करोड ५३ लाख १२ हजार, स्वास्थ्य जोखिम करतर्फ तीन हजार, भन्सार महसुल निर्याततर्फ ८४ लाख ३८ हजार, कृषि सुधार शुल्कतर्फ ४८ करोड ८५ लाख ३३ हजार, भन्सारसम्बन्धी अन्य आयतर्फ रु दुई करोड ४७ लाख ७० हजार, सडक मर्मत तथा सुधार दस्तुरतर्फ ९ करोड ३२ लाख, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ३२ करोड आठ लाख ४४ हजार, पूर्वाधार करतर्फ २३ करोड ३० लाख र अन्य २२ करोड ८६ लाख ३६ हजार छन् । रासस

सम्बन्धित सामग्री

अब वडाबाटै मालपोतको राजस्व संकलन

रामपुर नगरपालिकाले अब वडा कार्यालयबाटै मालपोतको राजस्व संकलन गर्ने भएको छ। मालपोत कार्यालयको राजस्व बुझाउन नगरपालिकाको कार्यालयमै धाउनुपर्दा नागरिकले निकै सास्ती खेप्नुपरेपछि वडा कार्यालयबाटै राजस्व संकलन गरिने नगरप्रमुख रमणबहादुर थापा बताए। ‘थोरै...

नौ करोड राजस्व संकलन

म्याग्दीका ६ स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/०८० मा साढे नौ करोड रुपैयाँ राजस्व संकलन गरेका छन् । चालु आर्थिक वर्षमा म्याग्दीका ६ पालिकाले नौ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेका हुन् । म्याग्दीको बेनी नगरपालिकासहित ६ पालिकाले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सफल भएका छन् । सबैभन्दा बढी राजस्व संकलन बेनी नगरपालिकाले गरेको छ […]

आर्थिक मन्दीले राजस्व संकलन प्रभावित

आर्थिक मन्दीको प्रभाव राजस्व संकलनमा परेको छ । आर्थिक मन्दीको कारण व्यापार व्यवसाय संकटमा परेपछि राजस्व संकलन प्रभावित हुन थालेको हो । व्यापार घटेपछि व्यवसायीहरू बैंकको किस्ता र राजस्व बुझाउने अवस्थामा रहेका छैनन् । सोही कारण राजस्व संकलन निरासजनक देखिएको हो । आन्तरिक राजस्व कार्यालय जुम्लाका अनुसार राजस्व संकलन लक्ष्य अनुसार हुन सकेको छैन । […]

निरन्तर घट्दै राजस्व संकलन

विराटनगर भन्सारले चालु आर्थिक वर्षको कुनै पनि महिना लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन।

लक्ष्यभन्दा बढी राजस्व संकलन

सिन्धुलिस्थित आन्तरिक राजस्व कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । कार्यालयले ३७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ४८ करोड ३३ लाख ९१ हजार रुपैयाँ संकलन गरेको जनाएको छ । सो रकम लक्ष्य भन्दा १३१ प्रतिशतले बढी हो ।कार्यालयका प्रमुख भावना चौलागाईँका […]

जुम्लामा ४० करोड राजस्व संकलन

जुम्लामा गत आर्थिक वर्षमा लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा आन्तरिक राजस्व कार्यालय जुम्लाले लक्ष्य भन्दा ७ करोड बढी राजस्व संकलन गरेको हो ।वार्षिक प्रतिवेदन अनुसार आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आवमा कुल ४० करोड २७ लाख २४ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्य भन्दा […]

११ लाख राजस्व संकलन

रुकुम पश्चिमको जिल्ला ट्राफिक प्रहरी कार्यालयले ११ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।चालू आर्थिक वर्ष सुरु भएसँगै गएको साउनदेखि पुस महिनासम्म ११ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । ट्राफिक प्रहरी कार्यालयका प्रमुख गंगाराम बिकका अनुसार ६ महिनाको अवधिमा ११ सय २० सवारीसाधन कारवाहीबाट राजस्व संकलन गरिएको छ । जसमध्ये सबैभन्दा […]

जोखिमकै बीच धेरै राजस्व संकलन

यातायात व्यवस्था कार्यालय नेपालगन्जले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणकै समयमा ठूलो मात्रामा राजस्व संकलन गरेको छ।...

कर्णालीको राजस्व संकलन उत्साहजनक

कर्णाली प्रदेश सरकार लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । कोरोना महामारी जारी रहेको अवस्थामा पनि कर्णाली सरकारले चालु आर्थिक वर्षको ११ महिनामै लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको हो । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४६ करोड भन्दाबढी राजस्व संकलन भएको छ ।आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार कर्णालीमा चालु आर्थिक वर्षको […]