मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा पाए विश्वासको मत

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा विश्वासको मत पाएका छन् । प्रदेश सभामा राउतले राखेको प्रस्तावको पक्षमा ७७ सांसद र विपक्षमा २३ सांसदले मतदान गरेका छन् । प्रदेश सभाका १०४ सांसदमध्ये १०० सांसद मतदानमा सहभागी भएका थिए । राउतआवद्ध जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएपछि उनले विश्वासको मत लिएका हुन् ।  

सम्बन्धित सामग्री

विश्वासको मत लिएपछि मुख्यमन्त्री राउत पुगे जानकी मन्दिर

२१ असोज, जनकपुरधाम । प्रदेशसभामा दुई तिहाइ सांसदको समर्थन पाएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत जानकी मन्दिर पुगेका छन् । बुधबार विश्वासको मत लिएपछि बिहीबार जानकी मन्दिर पुगेका उनले त्यहाँका महन्थको गोडा ढोकेर आशिर्वाद लिएका छन् । मुख्यमन्त्री राउत महन्थ रामतपेश्वर दासको कार्यकक्षमै गएर आशिर्वाद लिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । आशिर्वाद लिन पुगेका […]