बुद्ध जन्मस्थल लुम्बिनीमा लामो समयदेखि थन्केर बसेका विद्युतीय बस आजबाट सुचारु भएको छ । बिहीबार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवेधकुमार त्रिपाठी, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलगायतले विद्युतीय बसको शुभारम्भ गरेका हुन् । लुम्बिनी क्षेत्रमा अत्यधिक भएको प्रदूषण केही हदसम्म रोक्न भनी एडीबीले लुम्बिनीमा सञ्चालन गर्न तीन वर्ष अगाडि पाँचवटा विद्युतीय बस र १४ वटा विद्युतीय ट्याक्सी कार लुम्बिनी बिकास कोषलाई अनुदानमा दिएको थियो । दशै तिहारलाई लक्षित गर्दै बुद्ध स