गठबन्धनबारे काँग्रेस प्रदेश सभापतिहरू विभाजित

स्थानीय चुनावमा गठबन्धन गरिएको बारे नेपाली काँग्रेसका प्रदेश सभापतिहरू विभाजित देखिएका छन् । प्रदेश १ का सभापतिले गठबन्धनको प्रशंसा गरिरहँदा गण्डकी प्रदेशका सभापतिले गठबन्धनको आलोचना गरेका हुन् ।पार्टीको केन्द्रीय समिति बैठकमा धारणा राख्दै प्रदेश १ सभापति उद्धव थापाले नेपाली काँग्रेस गठबन्धनकै बलमा प्रदेशमा एक नम्बर बनेको जिकिर गरे । उनले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जानुपर्ने सुझाव दिए । उनले भने, ‘गठबन्धनकै जगमा काँग्रेस पहिलो पार्टी बनेको छ। अब आउने चुनावमा पनि ती दलहरूबीच गठबन्धन

सम्बन्धित सामग्री

काँग्रेस बैठकको दोस्रो दिन : गठबन्धनको पक्षमा एकमत !

नेपाली काँग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि गठबन्धन गरेर जाने प्रस्ट सङ्केत देखाएको छ । सोमबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश नेताहरू गठबन्धनको पक्षमा उभिएका छन् । सोमबार र मंगलबार गरी ४५ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन् ।सोमबारको बैठकमा धारणा राखेका अधिकांश नेताले गठबन्धनको विपक्षमा मत राखेका थिए । सात प्रदेशका सभापतिहरू पनि गठबन्धनको पक्ष विपक्षमा विभाजित भएका थिए । पार्टीको संस्थापन पक्षकै केही नेताले सोमबारको बैठकमा गठबन्धन भन्दा पार्टील

प्रदेश १ : गठबन्धन सफल कि असफल ?

प्रदेश १ मा पहिलो पार्टी बन्न सफल भएको नेपाली काँग्रेसमा गठबन्धनबारे मत विभाजित देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गठबन्धन गरेकै कारण सफलता प्राप्त गरेको स्वीकार गरेको छ भने संस्थापन इतरपक्षले भने गठबन्धनकै कारण काँग्रेस सफल भएको मान्न तयार नदेखिएको हो ।‘यो गठबन्धन र तालमेलको अभ्यासको लामो अनुभव छैन । त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न कठिनाइ देखियो । विराटनगर, इटहरी र धरानमा हामीले गठबन्धनलाई जिताउन सकेनौँ,’ काँग्रेस नेता गुरुराज घिमिरेले भने, ‘यस्ता केही सकारा

बागमती प्रदेश : ६ करोडको सवारी साधन खरिद, थप १४ वटा गाडी खरिद गरिँदै

बागमती प्रदेश सरकारले विभाजित मन्त्रालयका लागि करिब ६ करोड रुपैयाँ बराबरको सवारी साधन खरिद गरेको छ । थपिएका मन्त्रालयका मन्त्री तथा सचिवहरुका लागि चालु आर्थिक वर्षमा मात्र सरकारले ५ करोड ७४ लाख १६ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।सरकारले माघ महिनासम्म सो रकम बराबरको गाडी प्रदेशका मन्त्रालय, मन्त्री र सचिवहरुका लागि खरिद गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।हाल बागमती प्रदेशमा माओवादी केन्द्र, काँग्रेस र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धन सरकार छ । मुख्यमन्त्री राजेन्द्