काठमाडौं : अन्तिम ४ मा स्थान बनाएको मधेश प्रदेशलाई स्तब्ध बनाउँदै विभागीय टोली एपिएफ काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा एपिएफले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।मधेशले दिएको १ सय २३ रनको लक्ष्य एपिएफले २१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। एपिएफको जितमा लोकेश बमले अविजित ३५ रनको पारी खेले। ओपनर प्रदीप ऐरील