काठमाडौं : राजेश पुलामीले सम्हालिएको ब्याटिङ गरेपछि त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले १ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।आर्मीका लागि सम्हालिएको इनिङ खेलेका राजेशले ३७ बलमा ३ चौका र २ छक्काको मद्दतमा अविजित ४३ रन जोडे। रोहितकुमार