रोकियो मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया

काठमाडौं : मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ।उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको आइतबारको बैठकले नियुक्ति प्रक्रिया स्थगित गर्ने निर्णय गरेको हो। समितिले सोमबार सार्वजनिक सूचना जारी गर्दै हाललाई दरखास्त आह्वानसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगन गरिएको जनाएको छ। गत माघ २६ गते सार्वजकि सूचना जारी गर्दै समितिले १० दिनको समय दिएर उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरेको थियो। १० दिनको समय सकिएर नियुक्ति प्र

सम्बन्धित सामग्री

सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति रिक्त हुँदै

२५ माघ, काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा पनि उपकुलपति पद एक महिनाभित्र रिक्त हुने भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १८ फागुनमा र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिको कार्यकाल १७ फागुनमा सकिँदैछ । १७ फागुनमा नै उपकुलपति पद रिक्त हुन लागेको पूर्वाञ्चल विश्वविद्यालयमा भने उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छ । एकैजसो मितिमा उपकुलपति […]