नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शनिबार चयन गरिएका पार्टीका पदाधिकारीहरूलाई चारवटा कार्यभार स्मरण गराएका छन् । ती कार्यभार पुरा गर्न सक्ने वा नसक्ने कुराले पदाधिकारीहरूको सफलता वा असफलता निर्धारण गर्ने नेता श्रेष्ठको भनाइ छ ।सामाजिक सञ्जालमा लेख्दै उनले कार्यभार पुरा गर्नको निम्ति आम रूपमा नेपाली राजनीतिमा देखा परेको विकृति एवं प्रष्टिकरण(आदर्श, विचार ,सिद्धान्त , देश तथा जनताको हित केन्द्रित लक्ष्य ,मूल्य ,नैतिकताको डरलाग्दो ह्रासको वेगलाई रोक्न र फेर्न जरुरी