प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दल उम्मेदवार सिफारिस तथा छनोटमा जुटेका छन् । कञ्चनपुरमा अहिलेसम्म कांग्रेस र एमालेले प्रतिनिधिसभाका तीनवटै र प्रदेशका ६ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार सिफारिस गरेका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी छलफलमा छन् ।