साउदीको जेलमा,कैदी छ एउटा देश मृत्युदण्ड बोकेको डिजिटल अक्षरमानौँ अक्षर होइन ‘जिलेटिन’ हो कान छेड्दै बिष्फोट भो विवश छातीमा, पलपल मर्दै छ, देशभित्रै एउटा देश ।तैपनि, कफिनभित्र देश फर्काउन सकेकोमा उपलब्धिले गदगद छ सरकार ।बर्षन्छ झरी, उर्लन्छ बाढी भयभित छन् झुप्रा र छाप्राहरू पहिरो खस्दै छ,चट्टान चोइटिएर पहाडतिर निस्सासिन्छ तराई, आँसुको दहमा डुबाउँदै आफ्नो सर्वस्वआफ्नै ‘मुटु’ आफ्नै हातले राखेर बाढीमा भन्नुपर्ने,‘ब