क्यानडा सरकारले नेपाललाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण उपकरण अभावमा बिरामीले ज्यान गुमाउनु परेको अवस्थामा क्यानडा सरकारले सहयोग गर्न लागेको हो । जुन २४ मा अन्तर्राष्ट्रिय विकास मन्त्री करिना गोल्ड र स्वास्थ्य मन्त्री प्याट्टी हजदूले नेपालमा आवश्यक स्वास्थ्य सामग्री पठाउने घोषणा गरेको क्यानडामा माउन्ट एभरेष्ट टेलिभिजन संचालन गरिरहेका टोस्टराज (बसन्त) कार्कीले जानकारी दिए । क्यानडा सरकारले पठाएका २७ थान भेन्टिलेटर र १६००० थान पीपीई लगायतका