काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रलाई बलियो बनाउन पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न आवश्यक रहेको बताएका छन् । शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आधुनिक प्रविधिको विकाससँगै सञ्चारमाध्यमले आफूलाई निरन्तर परिमार्जन गर्दै जानुपर्ने बताए ।
मिथ्या सूचनाको जोखिम बढिरहेकाले संवेदनशील, उत्तरदायी भएर अघि बढ्नुपर्ने...