काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले डेङ्गु संक्रमित भएको शंका लागेमा कल गरेर महानगरपालिकाको सेवा लिन अनुरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सूचना प्रकाशित गरेर ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका छन्।