मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ

काठमाडौँ- मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारी रूपमा भएको छैन ।     ...

सम्बन्धित सामग्री

समय सकिन लाग्दा मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ

विवेक भण्डारी, शुसील गैरे, सुमित्रा केसी काठमाडौं । धान रोपाइँको मुख्य समय सकिन एक साता मात्र बाँकी रहँदासम्म पनि देश भर ६८ प्रतिशतमात्र रोपाइँ भएको छ । यो वर्ष ढिलो मनसुन भित्रिएको, विभिन्न भेगमा पशुहरुमा लम्की स्कीन रोग देखा परेको तथा केही जिल्लामा रासायनिक मलको अभावका कारण रोपाइँ हुन ढिलो भएको हो । गत वर्षको […]

मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ

काठमाडौँ- मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारी रूपमा भएको छैन ।     ...

मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ

काठमाडौं । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । विसं २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ । विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यही कारणले तुलनात्मकरुपमा कम वर्षा भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए । “अहिले मनसुन ब्रेकको अवस्था छ, वर्षाका क्रममा केही कमी आएको छ, वर्षा नै नहुने भन्ने त हैन तर, विगतका दिनको तुलनामा कम वर्षा हुने देखिन्छ”, उनले भने । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकोभन्दा दक्षिणतिर रहेकाले वर्षा कम भएको उनको भनाइ छ । महाशाखाकै अर्का मौसमविद् रोजन लामिछानेले पनि मनसुनी वर्षा पर्याप्त नहुँदा धान रोप्न किसानलाई समस्या भएको उल्लेख गरे । “मनसुन वर्षा सरदर भन्दा केही कमजोर देखिएको छ । हरेक वर्ष मनसुनको एउटै ‘प्याट्रन’ हुदैन । तर, यो वर्ष मनसुन केही कमजोर देखिएको छ, अझै दुई/तीन दिन वर्षा राम्ररी हुने अवस्था देखिँदैन”, उनले भने। मनसुन कमजोर रहे पनि खण्डितरुपमा मुलुकभर वर्षा भइरहेको मौसमविद् लामिछानेको भनाइ छ । कृषि विभागको विवरणमा कर्णाली प्रदेशमा विशेषगरि लम्पी स्कीन रोगका कारण गोरुको अभाव भई रोपाइँ थोरै प्रभावित भएको जानकारीमा आएको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ । विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँच्दा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने विभागको अपेक्षा छ । मध्यतराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेका सन्दर्भमा साउन मसान्तसम्ममा ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको विभागले उल्लेख गरेको छ । मनसुनी वर्षा ३७ प्रतिशत मात्रै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार जुन १ देखि जुलाई २१ तारिखसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । जुन सरदर वर्षाकै हाराहारीमा छ । पुरै मनसुन अवधिभर अर्थात् चार महिनामा नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुन्छ । यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपालमा प्रवेश गरेको थियो । नेपालमा सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्मको अवधिलाई मनसुन मानिन्छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष मनसुनी वर्षामा हुने प्रक्षेपण गरिएको थियो । यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । आजराति पनि सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।  महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा धेरै दिपायलमा ५१ र पोखरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा मात्र चार मिलिमिटर वर्षा मापन गरिएको छ । रासस

अठसट्ठी प्रतिशत मात्र रोपाइँ

काठमाडौं, साउन ६ ।  सार सकेर साउन लागिसक्दासम्म ६८ प्रतिशत मात्र रोपाइँ भएको छ । यद्यपि सात दिनमै रोपाइँमा १५ प्रतिशत वृद्धि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार असार २९ गतेसम्म ५३ प्रतिशत रोपाइँ मात्र भएको थियो । मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्क अनुसार हालसम्म ६८ प्रतिशत रोपाइँ भइसकेको […]

मनसुन अझै सक्रिय बनेन, असार सकिँदा ६८ प्रतिशत मात्र धान रोपाइँ

कठमाडौं । असार सकिँदा पनि मनसुन सक्रिय नहुँदा यस वर्ष कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार असार ३२ गतेसम्म करिब ६८ प्रतिशत धान रोपाइँ धान रोपाइँ भएको छ । गएको वर्षको असार ३१ गतेसम्म धान ७६ प्रतिशत धान रोपाइँ भएको थियो । जुन यस वर्षको तुलनामा ८ प्रतिशतले कमी हो । यस वर्ष...

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ। गत वर्ष असारमा ६८ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए। रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएको हो। गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको […]

साउन पहिलो हप्तामै ९२ प्रतिशत रोपाइँ

साउनको पहिलो हप्तामै गत वर्षको यो समयको तुलनामा १८ प्रतिशत बढि रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार साउनको ६ गतेसम्ममा कुल रोपाइँ योग्य जमिनको ९१. ६८ प्रतिशत रोपाइँ सकिएको हो ।

सकिन लाग्यो रोपाइँ

समयमै भएको वर्षाका कारण देशभर रोपाइँ सकिन लागेको छ । ६ साउनसम्म देशभर ९१ दशमलव ६८ प्रतिशत रोपाइँ सकिएको कृषि तथा

मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ

मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ ।

साता दिनमा रोपाइँ १४ प्रतिशत बढ्यो - Karobar National Economic Daily

काठमाडौंः गएको एक सातामा धान रोपाइँ गरिएको क्षेत्र १४ प्रतिशतले बढेको छ । कृषि विकास मन्त्रालयका अनुसार एक साताअघि मुलुकभर ५४ प्रतिशत रोपाइँ सकिएकोमा  आइतबारसम्म ६८ प्रतिशत पुगेको छ । …