विराटनगर : कोशी अस्पतालको श्ययामा प्रसव पीडाले आमा छटपटाइरहँदा परिवार भने छोरा जन्मेला भन्ने आसमा थिए। नभन्दै ‘लेभर रुम’ बाट निस्किएको स्वास्थ्यकर्मीले छोरा जन्मेको खबर सुनाए, त्यो समय परिवारमा खुशीको छाल छल्किएर गाँउसम्म पुग्यो।चारजना दिदीहरूले एउटा माइती पाउँदा थेगिनसक्नुको खुशी, छोरा जन्मेला भन्दा भन्दै चारवटा छोरी जन्माएकी आमाको पाठेघरले बल्ल विश्रामको महसुस गर्दाको क्षण।त्यसो त उनका बुवाले छोरा जन्मेको खुसियालीमा गाँउभरका आफन्त बोलाएर मासु भात नै खुवाएका थिए। तर समयसँगै त्य