नेपाल वायुसेवा निगम अध्यक्ष युवराज अधिकारीलाई सरकारले के आरोपमा बर्खास्त गर्‍यो ?

काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले अधिकारीलाई बर्खास्त

सम्बन्धित सामग्री

निगम र थाई एयरवेजबीच ग्राउन्डह्यान्डलिङ सम्झौता

काठमाडौं। नेपाल वायुसेवा निगम र थाई एयरवेजबीच ग्राउन्ड ह्यान्डलिङका विषयमा सम्झौता भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफै ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको थाई एयरवेजले अब यस्तो सेवा निगमबाट लिनेछ । निगम र थाई एयरवेजबीच २९ अक्टोबर २०२३ मा सम्झौता भई निगमले थाईको ग्राउन्ड ह्यान्डलिङ गर्दै आएको हो । उक्त कम्पनीले आफूसँग रहेको ८० थान ग्राउन्ड ह्यान्डलिङ उपकरण निगमलाई हस्तान्तरण गरेको छ । यसका लागि थाई एयरवेजले गत साउन ३ गते सरकारबाट स्वीकृति पाइसकेको छ ।  निगमको स्वामित्वमा उपकरण रहने गरी मङ्सिर ३० गते हक हस्तान्तरण सम्झौतासमेत भइसकेको निगमले जानकारी दिएको छ । उक्त सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरवेजका वेस्टर्न एन्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेको बताइएको छ । केही समयअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धामा लैजाने निर्णय गरेको थियो । निगमले हालसम्म विनाप्रतिस्पर्धा ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ ।

वायुसेवा निगममा फर्किए युवराज, दिपुराजलाई काम गर्न रोक

तत्कालीन पर्यटन मन्त्री प्रेम आलेसँगको अडियो रेकर्ड सार्वजनिक गरेपछि पद धरापमा परेका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी वायुसेवा निगममा फर्कने भएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ ।