कपिलवस्तु र अर्घाखाँचीमा प्रवाह हुने बिजुलीको गुणस्तर बढाउन तथा सहज आपूर्तिको व्यवस्थाका लागि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निर्माणको क्रममा रहेका सबस्टेसन अन्तिम चरणमा रहेको छ ।
प्राधिकरणका अनुसार बाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेससनको निर्माण अन्तिम चरणमा पुगेको हो ।
कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२...