कपिलवस्तुको बाणगङ्गा नगरपालिका–७ र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन आगामी पुस महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ ।
कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसनको निर्माण अन्तिम चरणमा पुगेसँगै क्रमशः मंसिर १५ गते र पुस १५ गतेभित्र सञ्चालनमा ल्याउने तयारी भएको हो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मोतीपुर सबस्टेसन र प्रसारण लाइन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अगाडि नै काम सकेर सञ्चालनमा ल्याउने तयारी रहेको बताउनुभयो ।