मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता, योगेश विजयी

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनले नेकपा एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत पाउँदा राप्रपाका प्रविण […]

सम्बन्धित सामग्री

पर्सामा कांग्रेसले खोल्यो खाता

पर्सा : पर्सामा प्रदेश सभा सदस्य तर्फ नेपाली कांग्रेसले खाता खोलेको छ। सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका श्याम प्रसाद पटेल प्रदेश सभा सदस्यमा विजयी भएसँगै कांग्रेसले पर्सामा पहिलो खाता खोलेको हो।कांग्रेसका पूर्व जिल्ला सचिव समेत रहेका पटेलले निकटतम प्रतिद्वन्द्वी एमाले जसपाका उम्मेदवार रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन्।विजयी पटेलले कुल १३ हजार ७ सय ८४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जसपाका जिल्ला अध्यक्ष समेत रहेका यादवले १२ हजार १ सय

बाग्मती प्रदेशमा खोल्यो कांग्रेसले खाता

काठमाडौं । काठमाडौं ३ प्रदेश ‘क’ मा कांग्रेसबाट छिरिङ लामा विजयी भएसँगै कांग्रेसले बाग्मती प्रदेशसभामा खाता खोलेको छ । उनले ४ हजार ५ सय ५८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रमान लामाले ३ हजार ४ सय १५ मत पाएका छन् । काठमाडौंबाट प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह निर्वाचित भएका छन् […]

काठमाडौंमा कांग्रेसले खोल्यो खाता

कांग्रेसले काठमाडौंमा खाता खोलेको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी भएसँगै कांग्रेसले काठमाडौंमा खाता खोलेको हो ।  सिंहले जम्मा एक सय २९ मतले राप्रपाका रवीन्द्र मिश्रलाई पराजित...

मुस्ताङमा कांग्रेसले खाता खोल्यो

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । उहाँले एमालेका निवर्तमान सांसद ६० वर्षीय प्रेमप्रसाद तुलाचनलाई पराजित गर्नुभएको हो । यस्तै, मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी हुुनुभएको छ । मुस्ताङ प्रदेश २ बाट कांग्रेशकै बिकल शेरचन निर्वाचित […]

मुस्ताङबाट कांग्रेसले खोल्यो खाता, २९ वर्षीय गौचन विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ। हिमालपारको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो। मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै...

प्रतिनिधिसभामा कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन थकाली विजयी

काठमाडौं, ५ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका छन् । उनले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई हराएका हुन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो । ३१ वर्षीया योगेश पहिलो पटक नै सांसदमा निर्वाचित भएका हुन् ।

धनगढीमा कांग्रेसले खाता खोल्यो, वडा-१ मा प्यानल विजयी

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका- १ को अध्यक्षमा सन्तोष मुडभरी विजयी भएका छन्। आइतबार सम्पन्न मतगणनाअनुसार १ हजार १८३ मत ल्याउदै मुडभरी विजयी भएका हुन्। वडा सदस्यमा पनि नेपाली कांग्रेसकै उम्मेदवार विजयी भएका छन्।दलित महिला सदस्यमा सरस्वती लुहार, महिला सदस्यमा सत्यदेवी जोशी, सदस्यमा धर्मराज उपाध्याय र डम्मरनाथ जोशी विजयी भएका छन्।वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रबाट यदु सुनार, एमालेबाट ज्ञानेन्द्र मल्ल, एकीकृत समाजवादीबाट लालबहादुर सुनार, राप्रपाबाट विष्णुराज जोशी, स्वतन्त्रबाट रोशन श

सर्लाहीमा कांग्रेसले खाता खोल्यो, मलंगवा १ मा प्यानलै विजयी

सर्लाही : मलंगवा नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवल किशोर यादव विजयी भएका छन्।४५ वर्षीय यादवले ४२३ मतसहित प्यानलै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राजकिशोर राय यादवले ४११ मत प्राप्त गरेका छन्। त्यहाँ वडाध्यक्षको उम्मेदवारमा दुईजना मात्र थिए।

मकवानपुरमा कांग्रेसले खोल्यो खाता

हेटौँडा : इन्द्रसरोवर गाउँपालिका १ मा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार  सुवास थापा मगर विजयी भएका छन्। ७ सय ५३ मत ल्याएर मगर विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत पाए। पालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसको उम्मेदवारको अग्रता रहेको छ।