काठमाडौं (अस) । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्स्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आउँदो दशैं, तिहार लक्षित योजना सुजुकी पर्वोत्सव अफर सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस पाउनेछन् । साथमा १ वर्षको सवारी बीमा र स्क्र्याचकार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट व्यवस्था गरिएको छ । यो योजना नेपालभरका सुजुकी गाडीका ३८ वटै सोरुममा लागू हुनेछ ।