अन्नपूर्ण क्षेत्रमा घुम्न पुगेका विदेशी पर्यटकको संख्याले नयाँ रेकर्ड कायम गरेको छ। कोरोना भाइरस संक्रमणपछि सन् २०२३ देखि अन्नपूर्ण क्षेत्रले लगातार रुपमा पाहुना आगमनमा नयाँ रेकर्ड बनाउँदै लगेको थियो। पछिल्लो तीनवर्षदेखि हरेक वर्षको आगमन संख्याले उचाँइ लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले बताएको छ।
ज्येष्ठ नागरिक भवन निर्माणमा अनियमितता गरी सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
१७ पुस, काठमाडौं । बिहीबार राति पौने १ बजेतिर भारतीय सीमा नाकाबाट सुनसरीको कोशी गाउँपालिका–१ लौकही हुँदै तीन वटा रिक्सा (२ वटा अटो रिक्सा, १ वटा ई–रिक्सा) अघि बढ्दै थिए ।
लौकहीमा सशस्त्र प्रहरी बलका वरिष्ठ …
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत लहान शाखा कार्यालयमार्फत लहान नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने गरिब, दलित तथा अति विपन्न परिवारहरूलाई जाडोयाममा राहतस्वरूप फाइबर सिरक वितरण गरेको छ। जाडोयामको चिसो बढेसँगै दैनिक जीवनयापनमा कठिनाइ भोगिरहेका समुदायलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा बैंकका मधेश […]
काठमाडौँ। उच्च अदालत पाटनले संगठित रूपमा ठगीसम्बन्धी मुद्दामा रवि लामिछाने, छविलाल जोशी, सुनीता नेवा: र कमल लामाको मुद्दामा काठमाडौं जिल्ला अदालतले मागेको धरौटी सदर गरेको छ। न्यायाधीश खडानन्द तिवारी र दीपककुमार खरेलको संयुक्त इजलासले आज (बिहीबार) लामिछानेलगायत तारेखमा रहेकाले पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने हुँदा जिल्लाको आदेश बदर नहुने आदेश गरेको हो। मुलुकी […]