नाइजरका राष्ट्रपति मोहम्मद बाजुमलाई तत्काल रिहा गरी संवैधानिक व्यवस्था पुनःस्थापित गर्न संयुक्त राष्ट्र सङ्घले आग्रह गरेको छ ।
सैन्य कब्जाबाट आफूहरू स्तब्ध बनेको संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उहाँले विनासर्त राष्ट्रपति बाजुमलाई रिहा गरिनुपर्ने, सुरक्षा सुनिश्चित हुनुपर्ने तथा संवैधानिक व्यवस्था र विधिको शासन बहालीका लागि सबै प्रयास गरिनुपर्ने बताउनुभएको छ ।
बाजुमलाई सैन्य गार्ड सदस्यले अस्ति बुधवारदेखि नियामीमा बन्दी बनाएका छन् । लगत्तै उनीहरूले संविधान र सबै स...