प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चार माध्यमबाट हुने अतिरञ्जित एवं दुष्प्रचारयुक्त सामग्री रोक्न प्रेस काउन्सिल गम्भीर रहेको बताएका छन् । बिहिबार नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराउने क्रममा अध्यक्ष बस्नेतले सो कुरा बताएका हुन् । मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्न माग गरेका छन् । बस्नेतले दु