यहाँस्थित जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे मेसिन अलपत्र परेको छ । आठ महिनाअघि बिग्रिएको मेसिन मर्मतसम्भारको अभावमा अलपत्र परेको हो । लामो समय मेसिन बिग्रेर थन्किएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । अहिले गाउँका स्वास्थ्यचौकीमा समेत भिडियो एक्सरे मेसिन राख्न थालिएको छ ।