राष्ट्रिय महाधिवेशन गरिसकेको नेपाली काँग्रेसले प्रदेश २ को प्रथम अधिवेशन यही पुस ६ र ७ गते गर्ने भएको छ । महाधिवेशन अघि नै ६ वटा प्रदेशको अधिवेशन गरिसकेको काँग्रेसले प्रदेश २ मा भने अधिवेशन स्थगित गरेको थियो । केही जिल्लामा विवादका कारण अधिवेशन हुन नसकेका कारण प्रदेश २ को अधिवेशन स्थगित गरिएको थियो ।काँग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले प्रदेश २ को अधिवेशन यही पुस ६ र ७ गते जनकपुरधाममा गर्ने निर्णय गरेको निर्वाचन समिति सदस्य सीताराम केसीले जनाए । काँग्रेसको १४ औ महाधिवेश