नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको हो ।
तेजावी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने बुधवार १० रुपैयाँ घटेर तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।