नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो । सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन सुनको मूल्य तोलामा रु ३०० ले बढेको हो । निषेधाज्ञाका बीच अहिले बिहेको सिजन रहेकाले यो बेला सुनको कारोबार बढी हुने गर्छ । बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच बिहीबार चाँदीको मूल्य तोलामा १