तनहुँ - गएराति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।
बाढीले पुलमा क्षति पुर्याएपछि चार पाङ्ग्रे गाडीकाे आवतजावत बन्द भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।
बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का नागरिकलाई आवतजावतमा समस्या भएको छ । पुलको पर्खाल मर्मतका लागि नगरका मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ...