काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले आफूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि टिकट नदिनु अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी, अन्यायपूर्ण र गलत निर्णय भएको टिप्पणी गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै रावलले सर्वसम्मत एकल सिफारिस हुँदा पनि टिकट नदिनुले अछाम र सुदूरपश्चिमका जनताको अपमान भएको टिप्पणी गरे। ‘गत भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत सिफारिस भएको थियो। भदौ २२ गते सुदुरपश्चिम प्रदेश कमिटीले पनि एकल रुपमा सिफारिस गरेको थियो।’ उनले भने, &l