काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा श्रमिक पठाउने विषयमा सामाजिक सञ्जालमा आइरहेका गलत सूचनामा विश्वास नगर्न ईपीएस कोरिया शाखाले आग्रह गरेको छ । शाखाको लेटरप्याड किर्ते गरी ‘तत्काल नेपालबाट कुनै पनि कामदार कोरिया नभित्र्याउने सम्बन्धी अत्यन्त जरुरी सूचना’ भन्दै भ्रम छर्ने काम भइरहेकाले त्यस्ता सूचनामा विश्वास नगर्न वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले सूचना जारी गरेको छ । ‘नेपालीहरुमाझ लोकप्रिय बन्दै गइरहेको रोजगार अनुमति प्रणाली ईपीएसलाई केही व्यक्ति&nbs...