स्वास्थ्य क्षेत्रका मुख्य ८ चुनौती र समाधानका उपाय
समस्याको पहिचान गरी केही नीतिगत परिवर्तन र केही कार्यान्वयन तहमा व्यवस्थापकीय कुशलतामात्र प्रदर्शन गर्न सकियो भने नेपालको स्वास्थ्य क्षेत्रले ठूलो सकारात्मक फड्को मार्ने निश्चित प्रायः छ।
काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको खाँचो रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा मंगलवार आयोजित ‘नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले वित्तीय संघसंस्थाले आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गरे त्यसको सकारात्मक प्रभाव देशको अर्थतन्त्रमा समेत पर्ने बताए ।
‘वित्तीय संघसंस्था आफ्नो फाइदाका लागि मात्र बनेका होइनन्, आफ्ना सदस्यहरूलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउनेतर्फ लागिपरे वित्तीय सुशासन कायम हुन्छ, यसले अर्थतन्त्रकै लागि हित गर्छ,’ उनले भने, ‘तर अहिले ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो, एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ ।’
बैंक तथा वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने, तर घरजग्गा धितो राखेर मूल्यांकनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि अर्थमन्त्री महतको भनाइ छ । त्यस्तै उत्पादनशील क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकोमा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यससम्बन्धी नीतिगत व्यवस्था गर्नुपर्ने उनले बताए । आगामी आर्थिक वर्षको मौद्रिक नीति समग्र अर्थतन्त्रलाई स्थिरता र आर्थिक वृद्धितर्फ उन्मुख गराउने गरी आउनुपर्ने उनको भनाइ छ ।
‘सरकारले लिएको लक्षित आर्थिक वृद्धिदर हासिल गर्नेतर्फ उन्मुख गराउने मौद्रिक नीति आवश्यक छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थाले सूचना प्रविधिको प्रयोग बढाएर पारदर्शिता कायम गर्न सक्नुपर्ने र निक्षेपकर्ताको निक्षेप सुरक्षित रहने विश्वास दिलाउन सक्नुपर्ने उनको भनाइ छ । सरकारी बैंकको वित्तीय स्वास्थ्य अवस्था खस्किएकोमा अहिले सुधार हुँदै गएको उनले उल्लेख गरे ।
अहिले लघुवित्त क्षेत्रमा समस्या देखिएको भन्दै अर्थमन्त्री महतले यसमा राष्ट्र बैंकले नियामकीय भूमिका बढाउनुपर्ने बताए । यस्तै सहकारीको नियमनका लागि आगामी आर्थिक वर्षको बजेटले छुट्टै नियामक स्थापना गर्ने प्रावधान राखेको उनले बताए । मुलुकको समग्र अर्थतन्त्र केही समय अघिसम्म समस्यामा रहेकोमा बिस्तारै सहज हुँदै गएको उनको दाबी थियो ।