लिवाङमा करोडौ लगानीमा आधुनिक कारागार बन्ने

रोल्पामा ४२ करोड बढीको लगानीमा आधुनिक कारागार बन्ने भएको छ। १.४ हेक्टर क्षेत्रफलमा बन्ने उक्त कारागार सदरमुकाम लिवाङ बजारभन्दा ५ किलोमिटर टाढा रेउघामा बनाइने भएको हो।

सम्बन्धित सामग्री

कैदीबन्दीलाई जेल भित्र ‘रोजगार’

काभ्रे। कारागार कार्यालय काभ्रेपलाञ्चोकले जेल भित्र रहेका कैदीबन्दीहरुलाई रोजगार दिने उदेश्यले गलैचा उद्योग शुरु गरेको छ । जिल्लाका ब्यवसायी नवराज केसीको ३० लाख रुपियाँको लगानीमा कारागार कार्यालय काभ्रेले जेल भित्रै उद्योग शुरु गरेको हो । ‘एकै पटक ५० जनाले उद्योगमा काम गर्न सक्ने गरी उद्योग स्थापना भएको छ ’–कारागार कार्यालय काभ्रेका प्रमुख जेलर गायत्री अधिकारीले […]

भैरहवा सुनचाँदी पसलद्धारा स्वास्थ्य सामाग्री वितरण

कोरोना महामारीबाट बच्न दैलेख सदरमुकाम स्थित भैरहवा सूनचाँदी पसलका सञ्चालक तथा दैलेख उद्योग वाणिज्य संघका दैलेखका अध्यक्ष कुलबहादुर विकले व्यक्तिगत लगानीमा स्वास्थ्य सामग्री प्रदान गरेका छन् । उनले दैलेखका सुरक्षा निकाय, स्वास्थ्यकर्मी, पत्रकार तथा कारागारका कर्मचारी कैदीबन्दीलाई लक्षित गरी स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । समाजसेवी विकले बिहिवार जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी बल, नेपाली सेनाको इन्द्रदल गुल्म, स्वास्थ्य सेवा कार्यालय, कारागार कार्यालय र जिल्लामा क्रियाशिल पत्रकारहरुलाई दुई लाख पचास हजार भन्दा वढिका स्वास्थ्य सामाग्री स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

बसपार्क संचालन नहुँदा यातायात अस्तबेस्त

जिल्ला कारागार जुम्ला नजिक करोडौको लगानीमा नयाँ बसपार्क निर्माण भएको वर्षौ बित्यो । सवारी एकै ठाउँबाट नछ्टदा यात्रुले सास्ती पाईरहेका छन् । तर नयाँ बसपार्क निर्माण भएको २-३ वर्ष बितिसक्दा समेत संचालनमा आएको छैन् । जुम्लामा संचालन हुने तथा ठुला यात्रुवाहक सवारीका लागि सुविधा सम्पन्न देखि फराकिलो बसपार्क बनाउँदा पनि संचालनमा नआउँदा यात्रुले कष्ट पाएका छन् ।

आत्मनिर्भर बन्दै कैदीबन्दी, बजार समस्या भएको गुनासो

कञ्चनपुर सदरमुकाम भीमदत्तनगरमा रहेको कारागारका कैदीबन्दीहरू आत्मनिर्भर बन्न थालेका छन् । जिल्ला कारागार कञ्चनपुरभित्र रहेका कैदीबन्दीहरूले आफ्नै लगानीमा विभिन्न प्रकारका सीप सिकेर बुनाइका सामग्री तयार पार्दै आत्मनिर्भर बनिरहेका छन् । २ सय ८२ जना रहेको कारागारमा १९ जना महिला कैदीबन्दी छन् । सीप भएका कैदीबन्दीहरूले बाँसे र प्लास्टिकका डोरीलाई बुन्दै आकर्षक खालका मुडा बनाउने गरेका छन् ।