रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि कास्कीका पाँचवटै स्थानीय तहमा पशुमा पूर्ण खोप कार्यक्रम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्ण खोप कार्यक्रम कार्यान्वयनको योजनाअनुसार कास्कीमा यस वर्ष कार्यक्रम सुरु गरिएको हो । अघिल्लो आर्थिक वर्षमा रुपा र माछापुच्छ«े गाउँपालिकाभरिका पशुलाई