काठमाडौँ । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका विघटित प्रतिनिधिसभाका सांसदहरु निर्वाचन आयोगमा जान लागेका छन् । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारबाही गरेपछि टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको टोली उजुरी दिन आयोग जान लागेका हुन् ।