काठमाडौं : विश्व स्वास्थ्य संगठन डब्लुएचओले फाइजर बायोएनटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई अनुमति प्रदान गरेको छ। नयाँ वर्ष २०२१ को पूर्वसन्ध्यामा बसेको संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सी डब्लुएचओको बैठकले आपतकालीन प्रयोगका लागि फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरेको हो। विश्वभरका खोप विज्ञहरुको सुझाव र यसको सम्भावित जोखिमबारेको अध्ययनपछि बेलायती कम्पनी फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरिएको हो। डब्ल्युएचओले कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच हुनुपर्न