तलब नपाएपछि चिकित्सक आन्दोलनमा

बाँके नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखिको तलब भत्ता नपाएको गुनासो गर्दै उहाँहरू पुनः आन्दोलनमा उत्रिनुभएको हो । पहिलो दिन बिहीबार उहाँहरूले अस्पताल प्रशासनअगाडि एक घण्टा धर्ना दिनुभएको थियो । बिहान ९

सम्बन्धित सामग्री

चाडबाड खर्च नपाएपछि सिन्धुली अस्पतालका करार चिकित्सकले मन्त्रालय गुहारे

३० मंसिर, काठमाडौं । तलब र चाडबाड सुविधा नपाएको भन्दै सिन्धुली अस्पतालका छात्रवृत्ति करारका चिकित्सकले मन्त्रालयसँग गुहार मागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै अस्पतालमा कार्यरत १४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले पारिश्रमिक उपलब्ध गराइदिन माग गरेका हुन् । यो वर्षको असोज महिनादेखि हालसम्मको पारिश्रमिकका साथै दसैं-तिहार खर्च सुविधान नपाएको चिकित्सकहरूको गुनासो छ । […]

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी आन्दाेलित

मोरङ – विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत करार सेवाका चिकित्सक तथा कर्मचारी पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएका छन्। अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना करार कर्मचारीले समयमा पारिश्रमिक नपाएको जनाउँदै अस्पताल प्रशासन परिसरमा एक घण्टा धर्ना दिएका छन्। आन्दोलनमा उत्रिएकामध्ये चिकित्सक डा रोशन खड्काले पछिल्लो दुई महिनादेखि अस्पतालले तलब उपलब्ध नगराएको हुँदा बाध्य भएर आन्दोलनमा […]

विकास समितिको बैठक नबस्दा कोसीका चिकित्सक र कर्मचारीले पाएनन् तलब

३ पुस, विराटनगर । कोसी अस्पताल विराटनगरमा कायरत चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । नियमित पारिश्रमिक नपाएपछि अस्पताल विकास समितिबाट नियुक्त भएका १२१ जना चिकित्सक र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । कोसी अस्पताल विकास समितिको बैठक बस्न नसकेका कारण कर्मचारीले तलब पाएका छैनन् । कात्तिक र मंसिर महिनाको तलब नपाएको आन्दोलनमा उत्रिएका कर्मचारीले बताए […]

तलब नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रिए

चार महिनादेखि तलब भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

तलब नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रिए

चार महिनादेखि तलब भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

तलब नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक तथा कर्मचारी आन्दोलनमा उत्रिए

चार महिनादेखि तलब भत्ता नपाएको भन्दै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् ।

तलब नपाएपछि बेनी अस्पतालमा आन्दोलन : आकस्मिक बाहेकको सेवा ठप्प

तीन महिनादेखिको तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आजदेखि आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ६४ श्यया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।उनीहरूले बहिरङग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी …

तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक आन्दोलित

म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा कार्यरत कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन्। अस्पतालमा कार्यरत  चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले बिगत तीन महिनायता तलब नपाएपछि बुधवार विहादेखि आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प...

दुई महीनाको तलब नपाएपछि वीपीका कर्मचारीले दिए पुन: आन्दोलनको चेतावनी

भदौ २९, धरान । वीपी सुधार अभियान अन्तर्गत असार १ गतेदेखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थीले आन्दोलन खुकुलो बनाए लगत्तै पुनः कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।  दुई महीनादेखि तलब नपाएका कर्मचारीहरुले पारिश्रमिक दबाब कमिटी गठन गरेर तलब उपलब्ध गराउन प्रतिष्ठान प्रशासनलाई दबाब दिँदै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।  चिकित्सक तथा विद्यार्थीहरुले संयुक्त संघर्ष समिति बनाएर वीपी सुधार अभियान अन्तर्गत प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्दै ओपिडि सेवा बहिष्कार गरेका थिए । गत आइतवारदेखि ओपिडि सेवा सुचारु गर्दै आन्दोलनलाई केही खुकुलो बनाएका थिए ।  प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेपछि प्रशासनिक कार्य ठप्प हुँदा तलब सेवा सुविधा नपाए पछि कर्मचारीहरुले भदौ ३० गतेसम्म तलब उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  भदौ २७ गते बसेको पारिश्रमिक दबाब कमिटीको बैठकले दुई महीनाको पारिश्रमिक भदौ ३० गतेसम्म उपलब्ध गराउन माग गरेको छ । ३० गतेभित्र पनि उपलब्ध नगराए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । पारिश्रमिक दबाब कमिटीका संयोजक खड्गबहादुर राउतले जोखिमको अवस्थामा काम गर्दा सेवा सुविधा थप हुनु पर्नेमा पाउने पारिश्रमिक नै नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।  उनले भने, ‘कोरोनाको महामारीमा पनि जोखिम मोलेर भएपनि काम गरियो, कोरोना भत्ता दिने सरकारको निर्णय त परै जाओस्, आफूहरुले पाउने तलब समेत पाउन सकिएको छैन, दुई/दुई महीना पारिश्रमिक नआएपछि हामीले कसरी घर चलाउने ?’ उनीहरुले प्रतिष्ठानलाई दबाब दिन आइतवार ओपिडी अगाडि दबाब कार्यक्रमको आयोजना समेत गरेका थिए । समितिकै सदस्य हेमबहादुर बस्नेतले काम गरेको पारिश्रिमक नपाउनु प्रतिष्ठानको लाचारीपन भएको बताए । उनले पटक पटक प्रतिष्ठान प्रशासनमा तलबको लागि ध्यानाकर्षण गराउँदा समेत लेखामा अहिले तलब खुवाउने बजेट नै नभएको बताउने गरेको बताए ।  उनले भने, ‘तलबको विषयमा हामीले भिसीलाई जानकारी गराएका थियौ, उहाँले तालबन्दी खुल्ने वातारण मिलाई दिए, २४ देखि ४८ घण्टामा खुवाउने बताउनु भएको छ ।’  संयुक्त संघर्ष समितिले लगाएको ताला खोल्ने अधिकार नभएको बताउँदै त्यो हाम्रो माग भन्दा बेग्लै पाटो भएको बस्नेतले बताए । उनले भने, ‘हामीले ध्यानाकर्षण गराएपछि भिसी कार्यालयमा मिटिङ बसेको थियो, लेखाले हामीसँग तलब खुवाउने बजेट छैन भन्ने जवाफ दिएको जनकारी पाएका छौैं, हामीले ३० गतेसम्मको अल्टिमेटम दिएका छौं, त्यसपछि पनि पारिश्रमिक पाइएन भने हामी काम नै बहिष्कार गर्छौ ।’ कर्मचारीहरुको दबाब समूहमा २२ जना सम्मिलित छन् । प्रतिष्ठानको विभिन्न विभागमा काम गर्ने कर्मचारीले प्रति कर्मचारी २२ देखि २५ हजारको मासिक तलब खाने गरेका छन् ।  यता धरानका सर्वसाधारण भने प्रतिष्ठान उपचार केन्द्र नभई आन्दोलन गर्ने थलोको रुपमा विगतदेखि नै परम्परा बसेको बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा धरानका स्थानीयले भने, ‘सर्वसाधारणको उपचार गर्ने स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, तर प्रतिष्ठानभित्र हुने चरम भ्रष्टाचार, बेथिति, विसंगति र आन्दोलनका कारण अस्पताल नै विरामी परेको छ, प्रतिष्ठान कसरी बचाउने भन्ने कुरातर्फ सबैले सोच्नु पर्ने बेला आएको छ ।’

तलब नपाएपछि मनमोहन अस्पतालका कर्मचारी आन्दोलित

मनमोहन मेमोरियल अस्पतालका चिकित्सक र कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले तलब नदिएको भन्दै उनीहरू आन्दोलित भएका हुन् ।