दुई महीनाको तलब नपाएपछि वीपीका कर्मचारीले दिए पुन: आन्दोलनको चेतावनी

भदौ २९, धरान । वीपी सुधार अभियान अन्तर्गत असार १ गतेदेखि आन्दोलनमा रहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थीले आन्दोलन खुकुलो बनाए लगत्तै पुनः कर्मचारीहरुले आन्दोलनको घोषणा गरेका छन् ।  दुई महीनादेखि तलब नपाएका कर्मचारीहरुले पारिश्रमिक दबाब कमिटी गठन गरेर तलब उपलब्ध गराउन प्रतिष्ठान प्रशासनलाई दबाब दिँदै आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।  चिकित्सक तथा विद्यार्थीहरुले संयुक्त संघर्ष समिति बनाएर वीपी सुधार अभियान अन्तर्गत प्रतिष्ठानका पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गर्दै ओपिडि सेवा बहिष्कार गरेका थिए । गत आइतवारदेखि ओपिडि सेवा सुचारु गर्दै आन्दोलनलाई केही खुकुलो बनाएका थिए ।  प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेपछि प्रशासनिक कार्य ठप्प हुँदा तलब सेवा सुविधा नपाए पछि कर्मचारीहरुले भदौ ३० गतेसम्म तलब उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिएका छन् ।  भदौ २७ गते बसेको पारिश्रमिक दबाब कमिटीको बैठकले दुई महीनाको पारिश्रमिक भदौ ३० गतेसम्म उपलब्ध गराउन माग गरेको छ । ३० गतेभित्र पनि उपलब्ध नगराए थप आन्दोलन गर्ने चेतावनी दिएको छ । पारिश्रमिक दबाब कमिटीका संयोजक खड्गबहादुर राउतले जोखिमको अवस्थामा काम गर्दा सेवा सुविधा थप हुनु पर्नेमा पाउने पारिश्रमिक नै नपाएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।  उनले भने, ‘कोरोनाको महामारीमा पनि जोखिम मोलेर भएपनि काम गरियो, कोरोना भत्ता दिने सरकारको निर्णय त परै जाओस्, आफूहरुले पाउने तलब समेत पाउन सकिएको छैन, दुई/दुई महीना पारिश्रमिक नआएपछि हामीले कसरी घर चलाउने ?’ उनीहरुले प्रतिष्ठानलाई दबाब दिन आइतवार ओपिडी अगाडि दबाब कार्यक्रमको आयोजना समेत गरेका थिए । समितिकै सदस्य हेमबहादुर बस्नेतले काम गरेको पारिश्रिमक नपाउनु प्रतिष्ठानको लाचारीपन भएको बताए । उनले पटक पटक प्रतिष्ठान प्रशासनमा तलबको लागि ध्यानाकर्षण गराउँदा समेत लेखामा अहिले तलब खुवाउने बजेट नै नभएको बताउने गरेको बताए ।  उनले भने, ‘तलबको विषयमा हामीले भिसीलाई जानकारी गराएका थियौ, उहाँले तालबन्दी खुल्ने वातारण मिलाई दिए, २४ देखि ४८ घण्टामा खुवाउने बताउनु भएको छ ।’  संयुक्त संघर्ष समितिले लगाएको ताला खोल्ने अधिकार नभएको बताउँदै त्यो हाम्रो माग भन्दा बेग्लै पाटो भएको बस्नेतले बताए । उनले भने, ‘हामीले ध्यानाकर्षण गराएपछि भिसी कार्यालयमा मिटिङ बसेको थियो, लेखाले हामीसँग तलब खुवाउने बजेट छैन भन्ने जवाफ दिएको जनकारी पाएका छौैं, हामीले ३० गतेसम्मको अल्टिमेटम दिएका छौं, त्यसपछि पनि पारिश्रमिक पाइएन भने हामी काम नै बहिष्कार गर्छौ ।’ कर्मचारीहरुको दबाब समूहमा २२ जना सम्मिलित छन् । प्रतिष्ठानको विभिन्न विभागमा काम गर्ने कर्मचारीले प्रति कर्मचारी २२ देखि २५ हजारको मासिक तलब खाने गरेका छन् ।  यता धरानका सर्वसाधारण भने प्रतिष्ठान उपचार केन्द्र नभई आन्दोलन गर्ने थलोको रुपमा विगतदेखि नै परम्परा बसेको बताएका छन् । नाम उल्लेख नगर्ने शर्तमा धरानका स्थानीयले भने, ‘सर्वसाधारणको उपचार गर्ने स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र हो, तर प्रतिष्ठानभित्र हुने चरम भ्रष्टाचार, बेथिति, विसंगति र आन्दोलनका कारण अस्पताल नै विरामी परेको छ, प्रतिष्ठान कसरी बचाउने भन्ने कुरातर्फ सबैले सोच्नु पर्ने बेला आएको छ ।’

सम्बन्धित सामग्री

तिलोत्तमाका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब पाएनन्

नगरपालिका कार्यालयमै आज पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन्।

धनगढीमा स्वास्थ्यका ५४ जना कर्मचारीले ६ महिनादेखि तलब नपाएको कुरा संसदमा उठ्यो

असोज महिनादेखिको तलब भत्ता नपाएपछि कर्मचारीहरुले दबाबमूलक कार्यक्रम अघि बढाएका छन्।

तलब नपाएपछि कोसी अस्पतालका कर्मचारी आन्दाेलित

मोरङ – विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत करार सेवाका चिकित्सक तथा कर्मचारी पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएका छन्। अस्पताल विकास समितिबाट करारमा नियुक्त भएका १२५ जना करार कर्मचारीले समयमा पारिश्रमिक नपाएको जनाउँदै अस्पताल प्रशासन परिसरमा एक घण्टा धर्ना दिएका छन्। आन्दोलनमा उत्रिएकामध्ये चिकित्सक डा रोशन खड्काले पछिल्लो दुई महिनादेखि अस्पतालले तलब उपलब्ध नगराएको हुँदा बाध्य भएर आन्दोलनमा […]

सिंहदरबार वैद्यखानाका कर्मचारीले काम पनि पाएनन् तलब पनि...

काठमाण्डौ - चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले २०७८ साल साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् ।  तलब नपाएपछि डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी निर्देशकको क...

सिंहदरबार वैद्यखानाका कर्मचारीलाई न काम, न तलब

चार महिनादेखि औषधि उत्पादन रोकिएको सिंहदरबार वैद्यखाना विकास समितिका कर्मचारीले तलब नपाएको तीन महिना पूरा भयो । उत्पादन र बिक्री नभएपछि तीन महिनादेखि समितिका कर्मचारीले तलब नपाएर घरभाडा तिर्न समस्या भएको गुनासो गरेका छन् । समितिको अवस्था बिग्रँदै गएपछि कर्मचारीले विसं २०७८ साउनदेखि दैनिक एक घण्टा कार्यालयमा धर्ना दिँदै आएका छन् । तलब नपाएपछि राजधानीमा डेरा लिएर बसेका कर्मचारी समस्यामा परेका हुन् । व्यवस्थापनले समस्या समाधानका लागि काम नगरेको भन्दै कर्मचारीले दैनिक एक घण्टा निमित्त कार्यकारी

तलब नपाएपछि अफगानिस्तानका राजदूतले पद त्याग गरे

महिनौंदेखि तलब नपाएको भन्दै चीनका लागि अफगानिस्तानका राजदूत जाविद अहमद कइमले पद त्याग गरेका छन् । उनले गत साता पद त्याग गरेको बताइएको छ । अफगानिस्तानको नेतृत्व तालिवानले लिएपछि जाविद अहमद कइमका साथै बेइजिङस्थित अफगान कुटनीतिज्ञ तथा अन्य कर्मचारीले तलब पाएका छैनन् ।कइमले सोमबार ट्वीटरमा एउटा हस्तान्तरणपत्र पोस्ट गरेका थिए जुन पत्र १ जनवरीमा लेखिएको हो । कइमले सो पत्रमा उल्लेख गरेअनुसार दूतावासका कयौं कुटनीतिज्ञ यसअघि नै फर्किसकेका छन् । गत वर्ष अगस्टदेखि आफूले तलब नपाएको पनि उनले जनाएका छन् ।&lsq

तलब नपाएपछि कर्मचारीद्वारा गाउँपालिकामा ताला

सिमकोट : हुम्लाको मध्ये भेगमा रहेको सर्केगार्ड गाउँपालिकामा आइतबारदेखि ताला लगाइएको छ। बाल विकास केन्द्रका सहजकर्ता र विद्यालयका कर्मचारीले बढेको तलब गाउँपालिका नदिएको भन्दै पालिकामा ताला लगाएका हुन् ।गाउँपालिका बाल विकासका सहजकर्ता र कर्मचारीको तलब वृद्धिका लागि गम्भीर नदेखिएपछि आइतबार बेलुकाबाट ताला लगाएको प्रगति प्राविका सहजकर्ता रुप्सी छत्यालले बताइन्। सर्केगाड गाउँपालिकाले वृद्धि भएको तलब नदिएको भन्दै सबै सहजकर्ता र विद्यालयका कर्मचारी मिलेर तालाबन्दी गर्नुपरेको छत्यालको भनाइ छ।जिल्लाका अधि

कर्मचारीले काम गर्न छाडेपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् । स्थानीय जसबहादुर रोकायाका अनुसार स्वास्थ्य संस्था बन्द हुँदा यहाँका बासिन्दा खर्पेगाउँ स्वास्थ्य चौकी र सदरमुकाम सिमकोटस्थि

कर्मचारीले तलब नपाएपछि चार महिनादेखि स्वास्थ्य संस्था बन्द

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ दुर्पा गाउँस्थित सामुदायिक स्वास्थ्य संस्था चार महिनादेखि बन्द छ । यहाँ कार्यरत दुई कर्मचारीले काम गर्न छाडेपछि उक्त संस्था बन्द भएको हो । कर्णाली प्रदेश मातहतको सो स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले तलब नपाएपछि गत साउनमा उनीहरुले स्वास्थ्य संस्था छाडेका थिए । गाउँपालिकाले समेत त्यसप्रति ध्यान नदिँदा स्थानीयवासी उपचारबाट वञ्चित छन् […]

तलब नपाएपछि बेनी अस्पतालका चिकित्सक आन्दोलित

म्याग्दी सदरमुकाममा रहेको बेनी अस्पतालमा कार्यरत कर्मचारीले तलब नपाएपछि आन्दोलित बनेका छन्। अस्पतालमा कार्यरत  चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले बिगत तीन महिनायता तलब नपाएपछि बुधवार विहादेखि आकस्मिक बाहेकको स्वास्थ्य सेवा ठप्प...