काठमाडौँ– छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहेका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले सो घोषणा गरेका हुन् । आज चीनको चिङ्दाओमा नेपाल चीन द्विपक्षीय वार्ता भएको हो । सो वार्तामा नेपाल–चीन सम्बन्ध र सहयोगका समग्र पक्षको समीक्षा […]