सुशासन र जवाफदेहिता प्रवद्र्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा बागलुङका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ । बिहीबार जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक सुनुवाइको दृश्यले जनताका आकांक्षा र सार्वजनिक निकायका काम तथा सेवा प्रवाहबीच ठूलो अन्तर रहेको देखाउँथ्यो । सहभागीबाट उठेका सवालको सम्बोधन गर्न नगरपालिकाका पदाधिकारीलाई हम्महम्मे परेको थियो । पदावधि सकिन लाग्दासमेत जनप्रतिनिधिले चुनावका …