नबिल बैंकको नबिल दशैं धमाका

काठमाडौं (अस) नबिल बैंकले दशैं पर्व अवसरमा नबिल दशैं धमाका अफर ल्याएको छ । अफरअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बिग मार्ट, दराज र किराना पसलमा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् । अफरअनुसार ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । यस्तै, किरानामा १५ प्रतिशत छुट वा अधिकतम १ हजार ५०० सम्म क्यासब्याक पाउन सक्नेछन् । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सकिनेछ । अफरको लाभ लिन डेबिट अथवा क्रेडिट कार्ड आवश्यक पर्ने हुँदा पायक पर्ने शाखामा गई खाता खोलेर डेबिट, क्रेडिट कार्ड लिन बैंकले आग्रह गरेको छ । हाल बैंकले १३५ शाखा, १८५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

नबिल बैंकका ग्राहकले दराजमा दशैँमा आकर्षक छुट पाउने

काठमाडौं, २० भदौ । नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिदैं गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी आगामी भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो । दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत […]

नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सव

नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान् पर्व दशैंलाई ध्यानमा राखी यही आउँदो भदौ २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।

नबिल बैंक र दराजबीच दशैँ धमाका महोत्सवका लागि सम्झौता

नबिल बैंक र दराज बीच ‘दराज दशैं धमाका’ महोत्सवका लागि सम्झौता भएको छ । नबिलले नजिकिँदै गरेको दशैंलाई ध्यानमा राखी यहि आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ । दराज दशैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि

दराजको दशैं अफर: निःशुल्क सिपिङ, सामान किन्दा ७० प्रतिशतसम्म छुट

नेपालको अनलाइन बजार, दराजले आफ्नो वार्षिक उत्सव अभियान – दराज दशैं धमाका सुरु भएको घोषणा गरेको छ। यो अभियान असोज १० (सेप्टेम्बर २६) देखि सुरु हुने छ र यस्मा ग्राहकहरुले १० लाख भन्दा बढी उत्पादनहरुमा मज्जाको छुट पाउने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार अभियानको मुख्य आकर्षणहरु भने निः शुल्क शिपिंग, अनलाइन प्री–पेमेन्टमा २०% (अधिकतम रु २,५००) को छुट, रु ५००० सम्मको मेगा भाउचर , ५०,००० मूल्यको उत्पादन रु १ मा जित्ने मौका र बम्पर उपहारको रूपमा टीभीएस एनटर्क १२५ स्कूटर रहेको छ। त्यसैगरी, दराजको नयाँ लाइभ स्ट्रिमि सुविधाले ग्राहकहरुलाई अभियानको अवधिमा हरेक दिन भाउचर जित्ने मौका पनि प्रदान गर्ने कम्पनिको दाबी रहेको छ। अभियानको अन्य हाइलाइटहरु भने रश आवर, इमेज रिभिउ एण्ड विन, नयाँ प्रयोगकर्ताको लागि भाउचर, खेल क्षेत्रहरु, फलो एण्ड विन, विक्रेता वाउचर र फटाफट डिल रहेको कम्पनीले जनाएको छ ।यस अभियानन अन्तर्गत डेबिट कार्डको माध्यमबाट २०% (अधिकतम रु २००० छूट) र क्रेडिट कार्डको माध्यम बाट २०% (अधिकतम रु २,५०० छुट) सम्म बचत गर्न सक्षम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाडौँ र सिटिजन्स बैंकका ग्राहकहरु माथि उल्लेखित पूर्व–भुक्तानीमा छुट प्राप्त गर्न सक्नेछन्। यसबाहेक, ग्राहकहरु एनआईसी एशिया बैंक,सनराइज बैंक, सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकका क्रेडिट कार्डको माध्यमबाट ०% ब्याजमा सजिलो मासिक किस्त योजनाको मजा लिन सक्ने कम्पनीले उल्लेख गरेको छ। साथै, आईएमई पे वा ईसेवा मार्फत भुक्तानी गर्ने ग्राहकहरुले १०% (अधिकतम रु १०००) सम्मको अतिरिक्त छुट पाउन सक्ने छन्।  कम्पनीका अनुसार दराज दशैं धमकामा लोकप्रिय खेल १ रुपैयाँकोे माध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा निम्न मध्य कुनै पुरस्कार जित्नको लागी भाग लिन सक्ने छन् ः २ रात तीन दिन पोखराको राउन्ड ट्रिप, रियलमि सी २१ वाई , मन्त्र मुक्ति अकुस्टिक गितार, यसुदा अल्कलाइन वाटर पिउरिपÞmायार, र श्री बालाजी हिराको झुम्का । स्पष्ट गर्नको लागी, एक ग्राहकले मात्र एक पुरस्कारको लागी खेल्न सक्नेछ । भाग लिनको लागी, ग्राहकहरु अनलाइन प्रीपेमेन्टको माध्यमबाट रु.१ प्रीपे गर्नु पर्ने कम्पनीले जनाएको छ । यसै गरि दशैं धमाकामा सामसंग देखि एप्पल फोनहरुमा विशेष छुटहरु रहेको र रियलमि सी २१ वाईको विशेष प्रक्षेपण हुने दराजले जनाएको छ ।  ग्राहकहरुले असोज १० (सेप्टेम्बर २६) बाट विशेष गरी दराजमा रियल मि सी २१ वाईको प्रिबुक गर्न सक्नेछन् ।  कम्पनीका अनुसार दशैँ धमाकामा एम आई, फिलिप्स, आमय्रा, रोह्तो, कन्भर्स, लोट्टो, वाइल्डहर्न, एर्के, सीजी डिजिटल, पानासोनिक, न्यु ब्यालेन्स, बियर्डो, मी मी, मसला बिड्स, मामाअर्थ, फ्यानटेक, सामसंग, र रियल मि जस्ता पार्टनर ब्रान्डहरुले ७० % सम्मको छुट प्रस्ताव गरिरहेका छन्।  ग्राहकहरुले दराजको ग्लोबल कलेक्सन मार्फत भारतको केहि उत्कृष्ट ब्रान्ड – उस्त्र, इनविभ, आयिषा, जनास्याहरुको उत्पादन खरिद गरि ७०% सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ।