बालुवाटारको बैठकमा भएन सहमति, साँझ ५ बजे पूनः बैठक बस्ने तय

काठमाडौं, १२ फागुन । बालुवाटारमा बसेको चार दलको बैठक साँझ ५ बजे बस्नेगरि सम्पन्न भएको छ । बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैठक साँझ ५ बजे बस्ने तय भएको जानकारी दिए । उनले आजको बैठकमा राष्ट्रपतिको निर्वाचनको बारेमा नै केन्द्रित रहेर छलफल भएको जनाए । आजको बैठकमा कांग्रेसले आफ्तो तर्फबाट प्रस्ताव राखेको र […]

सम्बन्धित सामग्री

कार्यादेशबारे शीर्ष नेताहरुबीच भएन सहमति, आइतबार पुनः बैठक बस्ने

सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आइतबार बैठक बस्ने भएका छन्।

कार्यादेशबारे शीर्ष नेताहरुबीच भएन सहमति, आइतबार पुनः बैठक बस्ने

सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु आइतबार बैठक बस्ने भएका छन्।

आज पनि कार्यदलमा भएन सहमति, बैठक फेरि शुक्रबार बस्ने

सहकारी ठगी प्रकरणमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन बनेको छ।

शेखर-गगनबीच भएन सहमति, भोलि पुनः बस्ने गरी सकियो छलफल

नेपाली कांग्रेस संसदीय दलको नेताको उम्मेदवार छान्न बसेको नेता शेखर कोइराला समूहको बैठक बिना निष्कर्ष टुंगिएको छ । संस्थापन इतर समूहमा सोमबार बिहानदेखि नेता शेखर कोइराला र महामन्त्री गगन थापा मध्ये एउटा उम्मेदवार बनाउने विषयमा छलफल भएको थियो ।उक्त समूहका शीर्ष नेता र सांसद सम्मिलित छलफलमा कोइराला र थापाले एक अर्कालाई नछाडेपछि आज सहमति हुन नसकेको हो । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार बन्दै छन् भने इतर समूहमा कोइराला र थापा दुवैको दाबी कायमै  छ ।इतर पक्षका न

गठबन्धनको सिट बाँडफाँट : फेरि पनि भएन सहमति‚ बैठक भोलि बिहान बस्ने

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँड कार्यदलको बैठक फेरि भोलि बिहान ८ बजे बस्ने गरी सकिएको छ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेका नेताहरू आज साँझ पनि करिब ३ घण्टा बसेर निस्किएका छन्। आजको बैठकमा दलहरू आफूले दाबी गरेका सिटभन्दा केही घटाउन तयार भएकाले सकारात्मक भएको समिति सदस्य हिमलाल पुरीले थाहाखबरलाई जानकारी दिएका छन्।पछिल्ला बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरूले प्रत्यक्षतर्फ सिट बाँडफाँड समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छन्। मंसिर ४ मा हु

स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनमा भएन सहमति, आजै अर्को बैठक बस्ने

आज शनिवार बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षबिहिन भएपछि आज नै दिउँसो अर्को बैठक बस्ने भएको छ । स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न ५ दलीय सत्ता गठबन्धनको बैठक बसेकोमा कुनै सहमति हुन नसकेको हो। अब आजै दिउँसो अर्को बैठक बस्ने छ  । हिजो प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीक अध्यक्ष माधव नेपालबीच छलफल भएको थियो । हिजोको छलफलपछि आज गठबन्धनको बैठक बसेको हो । गठबन्धनले स्थानीय तह निर्वाचन ऐन र संविधानको ब्यबस्था बाझिएको भन्दै ऐन संशोधन गरेर निर्वाचनलाई पछि धकेल्ने तयारी गरेको छ  तर सरकारलाई बैशाखमा नै चुनाव गर्न दबाब छ । नेपाल कांग्रेस भित्र नै ऐन संशोधन गरेर चुनाव सार्नु असंवैधानिक हुने भएकोले बैशाख मै चुनाव गर्न देउवालाई दबाब छ । प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि बैशाख मै स्थानीय तहको चुनाव हुनु पर्ने बताउदै आएको छ । निर्वाचन आयोगले बैशाख मै हुने गरि मिति तोक्न दबाब दिईरहेको छ । त्यस्तै राष्ट्रपति र प्रधानमन्त्री देउवाबीच छलफल हुँदा पनि बैशाख मै चुनाव गराउन राष्ट्रपतिले आग्रह गरेकि थिईन् । बैशाखमा  चुनाव नहुँदा स्थानीय तह जनप्रतिनिधिबिहिन हुने भएकोले आयोगले तत्काल चुनावको मिति तोक्न दबाब दिईरहेको छ  । यसरि चौतर्फी दबाबमा रहेको बेला सत्ता गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको छ ।

एमाले एकताः आज पनि भएन सहमति, कार्यदलको बैठक भोलि फेरि

काठमाडौँ- नेकपा एमाले एकताका लागि ब्युँताइएको कार्यदलको बैठक मंगलबार पनि निष्कर्षबिहिन भएको छ। सिंहदरबारमा बसेको बैठक ठोष निष्कर्ष निकाल्न असफल भएको हो। बैठकमा सहभागी बिद्रोही पक्षका नेता गोकर्ण विष्टले हिजो भन्दा आज प्रगति भएको बताए। सहमति हुनेगरी भोलि फेरि बैठक बस्ने उनको भनाइ छ। यस्तै बैठकमा सहभागि बिद्रोही पक्षका नेता रघुजी पन्तले आज मुल मुद्दामा […]