क्यान्सर रोकथाम सरकारको प्राथमिकतामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले पाठेघरको मुखको क्यान्सर रोकथामलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ । पिपुल्स एक्सेस टु एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले काठमाडौँमा आयोजना गरेको ‘पाठेघरको क्यान्सर नियन्त्रणका लागि सरकार, निजी, साझेदारी र मिडियाको भूमिका’ विषय कार्यक्रममा उहाँले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) को सुरुवात सरकारले गरिसकेको उल्लेख गर्नुभयो । क्यान्सर लागेपछि घर, परिवार र समाजसमेत तहसनहस हुने भन्दै मन्त्री महतले क्यान्सर रोगको रोकथाम सरकारको प्राथमिकतामा परेको बताउनुभयो । उहाँले समयमै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप किशोरीलाई लगाउन प्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । स

सम्बन्धित सामग्री

पाठेघरको मुखको क्यान्सर रोकथाम सम्बन्धी राष्ट्रव्यापी अभियान सुरु

पाठेघरको मुखको क्यान्सर परीक्षण र रोकथाम सम्बन्धी सचेतना अभियान सुरु भएको छ ।

पाठेघरको क्यान्सर रोकथाम सम्भव छ, तर कसरी?

पुरुष र महिला दुवै एचपीभी भाइरसबाट संक्रमित हुन सक्छन्। यो भाइरस प्रत्यक्षतः छालादेखि छालाको सम्पर्कबाट र विशेष गरी यौन क्रियाकलापको समयमा  एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। यद्यपि, अहिले १०० भन्दा बढी प्रकारका एचपीभी छन्, यीमध्ये थोरै संख्याले मात्र एचपीभी–सम्बन्धित क्यान्सरहरू निम्त्याउँछ भनेर चिनिन्छ।

मोरङमा पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने

मोरङ – महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि मोरङमा खोप अभियान सुरु हुने भएको छ। आइतबार विराटनगरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित कार्यक्रममा महिलाको पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान सुरु हुने बताइएको हो। कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत […]

विराट मेडिकल कलेजले सिटी केयर अस्पतालमा अंकोलोजी यूनिट स्थापना गर्दै

सिटी केयर अस्पताल बर्दीवास र विराट मेडिकल कलेजबीच क्यान्सर रोकथाम विभाग संचालनको लागि समझौता भएको छ।

पाठेघरको मुखको क्यान्सर र सतर्कता

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने एक मात्र स्त्रीरोगको क्यान्सर हो । हाम्रो देश दक्षिणपूर्वी एसियाली क्षेत्रमा पाठेघरको मुखको क्यान्सरबाट उच्च मृत्युदर हुनेमा पर्छ ।

फोक्सोको क्यान्सर, रोकथाम र उपचार

काठमाडौं । अव्यवस्थित जीवनशैली, खानपान र जीवनयापनका कारण नेपालमा क्यान्सर रोगी बढेका छन् । शरीरका विभिन्न भागमा