निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने प्रधानमन्त्रीको दाबी

जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार आयोजित पत्रकारसँगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो ।  उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसक्नुभएको छ ।  नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । रासस  

सम्बन्धित सामग्री

मतदानको दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो । निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ । निर्व

निर्वाचन केन्द्रमा खोप अभियान हुँदैन: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले निर्वाचन केन्द्रमा कोरोनाबिरुद्धको खोप अभियान चलाउने निर्णय हालसम्म नभएको स्पष्ट पारेको छ। विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाबिरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ। केही दिनयता विभिन्न सञ्चारमाध्यमहरुमा आसन्न वैशाख ३० गते देशभर एकसाथ हुने स्थानीय तहको निर्वाचनमा हरेक मतदान […]

मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन: स्वास्थ्य मन्त्रालय

विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

टाइफाइडविरुद्धको खोप अभियानमा लाग्न मन्त्रीको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालमा भोलि (शुक्रबार) बाट शुरु हुने टाइफाइडविरुद्धको खोप अभियानमा कुनै बहाना नगरी काम गर्न निर्देशन दिएका छन्।बिहीवार काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व स्वास्थ्य दिवसको अवसरमा काठमाडौंमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले सम्बन्धित अभियानकर्तालाई कुनै बहाना नबनाई टाइफाइडविरुद्धको खोप अभियान सम्पन्न गर्न निर्देशन दिएका हुन्।मन्त्री खतिवडाले अहिले स्थानीय तहको निर्वाचन नज

सङ्क्रमण घट्दा खोप लगाउने पनि घटे

काठमाडौैं । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् । सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित […]

सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् ।सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित जनसङ्ख्याको ८१.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ९३.२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।नेपालमा कोरोनाको दोस्रो भेरियन्ट आइसकेपछि खोप लगाउने मानिसको भीड बढेको थियो ।

सरकारलाई निर्वाचन आयोगको आग्रह : १० वैशाखभित्र सबैलाई कोरोना खोप दिइसक्नू

१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले १० वैशाखभित्र सबै नागरिकलाई कोरोना खोप लगाउन सरकारलाई आग्रह गरेको छ । आयोगको सोमबार बसेको बैठकले १० वैशाख २०७९ भित्र पूर्ण खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

निजी कम्पनीले कोरोना खोप तत्काल ल्याउन सक्ला ?

११ जेठ, काठमाडौं । कोरोना महामारीबाट जनतालाई बचाउन खोप ल्याउनुपर्ने बेलामा मध्यावधि निर्वाचन घोषणा गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ९ जेठमा भनेका छन्, ‘चुनाव अगाडि नै सबै जनतालाई खोप लगाइसक्ने प्रयासमा जुटेका छौं ।’ खोपका लागि मित्र राष्ट्र, खोप उत्पादकहरुसँग डिल गरिरहेको र अन्तर्राष्ट्रिय संघसंस्थासँग कुराकानी भइरहेको उनले बताए । तर खोपका […]

कुबेलाको निर्वाचन : दाउमा विकास बजेट, खोप किन्न दानको याचना

४ माघ, काठमाडौं । गत पुस २७ गते पत्रकार सम्मेलन गरेर स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले कोभिड-१९ विरुद्धको निःशुल्क खोप अभियानका लागि आन्तरिक तयारी पुरा भएपनि खोप ल्याउने स्रोतको टुंगो लाग्न बाँकी रहेको बताए । ‘मेरो व्यक्तिगत जीवनमा फागुन महिना चामत्कारिक हुन्छ’, हातभरि रंगीचंगी औंठीहरु लगाएका मन्त्री त्रिपाठीले भनेका थिए, ‘यो वर्षपनि फागुन चामत्कारिक होला भन्ने आशा […]