अछाममा अक्सिजन खरिद गर्न मन्त्री आलेद्वारा एक लाख सहयोग

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल अछाममा अक्सिजन खरिद गर्नका लागि आफ्नो व्यक्तिगततर्फबाट रु. एक लाख सहयोग गर्नुभएको छ ।           अक्सिजन नपाउँदा कोरोना सङ्क्रमितको उपचारमा समस्या भएको जानकारी भएपछि उहाँले अस्पताललाई आफ्नातर्फबाट रु एक लाख उपलब्ध गराउनुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । अछाममा अक्सिजन अभाव भएका कारण त्यहाँका नागरिकले अक्सिजन किन्नका लागि अभियानसमेत सञ्चालन गरेका थिए ।

सम्बन्धित सामग्री

बहराइनमा रहेका नेपालीले नेपालमा स्वास्थ्य समाग्री खरिद गर्न रकम उठाए

काठमाडौं : बहराइनमा कार्यरत  नेपालीले नेपालको लागि स्वास्थ्य सामग्री खरिद गर्न १३ लाख ९० हजार रुपैयाँ रकम संकलन गरेका छन्।अक्सिजनलगायत स्वास्थ्य सामग्रीको खरिद गर्न सहयोग रकम संकलन गरेको बहराइनको नेपाली राजदूतावासले जनाएको छ। छोटो समयमै एक सय थान सिलिन्डर खरिदका लागि त्यति धेरै रकम उठाएको भन्दै राजदूतावासले सहयोग गर्नेहरूलाई धन्यावाद ज्ञापन गरेको छ।यसअघि पनि उनीहरुले करिब पाँच सय ६० थान अक्सिजन खरिद गरी नेपाल पठाएको थियो।

अक्सिजन खरिद गर्न महाकाली अस्पताललाई चार लाख ५६ हजार सहयोग

कञ्चनपुुर ः कञ्चनपुरको भीमदत्त नगरपालिकाले महाकाली अस्पताललाई आवश्यक अक्सिजन खरिद गर्न चार लाख ५६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नगरपालिका कार्यालयमा कार्यक्रम गरी अक्सिजन खरिदका लागि सहयोग रकमको चेक हस्तान्तरण गरिएको हो।  नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले केही महिनाअघि अस्पताल सुधारका लागि आयोजना गरिए...