प्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाल भ्रमणमा रहनुभएका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ । भेटकै क्रममा चीनको सहयोगमा निर्माणााधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल पनि हस्तान्तण गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरूबीच करिब १ घण्टा कुराकानी भएको थियो । भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको …