कनेक्ट आईपीएसले ल्यायो ‘इलेक्ट्रिफाइङ अफर’

काठमाडौं । कनेक्ट आईपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन कनेक्ट आईपीएस ‘इलेक्ट्रिफाइङ अफर’ ल्याएको छ । १ असारदेखि ३२ असारसम्म लागू हुने गरी अफर ल्याएको कनेक्ट आईपीएसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरी, आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बर तथा इमेल भेरिफाइ गराउँदा सोही मोबाइल […]

सम्बन्धित सामग्री

सेन्ट्रल फाईनान्सले सञ्चालनमा ल्यायो बिर्तामोड शाखा

चैत २०, काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले झापाको बिर्तामोडस्थित भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष  प्रकाश शिवाकोटीले गरेका हुन् ।उक्त शाखा कम्पनीको १६ औं शाखाको रुपमा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा दिंदै आएको कम्पनीको ललितपुरको कानदेवस्थानमा नवनिर्मित केन्द्रीय कार्यालय रहेको छ । सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रजोज मान श्रेष्ठले छिट्टै नै रुपन्देहीको भैरहवामा नयाँ शाखा सञ्चालनमा ल्याउने गरी तयारी गरिरहेको  बताए ।  कम्पनीले डेबिट कार्ड, एसएमएस बैंकिङ्ग, चेक क्लियरिङ्ग, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स तथा सी–आस्वा जस्ता बैंकिङ्ग सेवा दिंदै आएको छ । कम्पनीले विभिन्न शाखा कार्यालयहरुमा एटीएम पनि सञ्चालन गरिरहेको छ । उनले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ्ग एप पनि सञ्चालनमा ल्याएको जानकारी दिंदै प्रविधिको उच्चतम प्रयोग गरी थप आधुनिक सेवा प्रदान गर्दै लैजाने पनि जानकारी दिएका छन् । कम्पनीको चुक्तापूँजी ९४ करोड ८८ लाख ७५ हजा रुपैयाँ रहेको र हाल निक्षेप ५ अर्ब ८४ करोड रुपैयाँ र कर्जा ५ अर्ब १४ करोड रुपैयाँ रहेको पनि उनले बताए ।

समृद्धि फाइनान्सले ल्यायो कर्पोरेट पेको सुविधा

साउन ८, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्पोरेट पे सुविधा प्रदानगर्ने व्यवस्था शुरु गरेको छ । कम्पनीले साउन ८ गतेदेखि शुरु गरेको उक्त सुविधा अन्तर्गत अवदेखि ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्ने छन् ।  नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त उक्त कम्पनीले हालको डिजिटल युगलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई मोवाइल बैंकिङ्ग, डेबीटकार्ड, क्यूआर कोड, अनलाइनखाता खोल्नेजस्ता डिजिटल सुविधार आईपीएस, कनेक्ट आईपीएस, रेमिटान्स,क्लियरिङ्ग लगायतका बैंकिङ्ग सुविधाहरु प्रदान गरिरहेको छ । हाल पाँच आटाशाखाहरु मार्फत कारोबार गर्दै आएको उक्त  कम्पनीले आगामी दिनमा थप नयाँशाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको बताएको छ । निक्षेपमा आकर्षक व्याजदर कायम गरेको उक्त कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यवसायकर्जा, व्यक्तिगतकर्जा,कोभिड रिलिफकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको बताएको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा अनलाइनबाटै ग्राहक पहिचान विवरण भर्ने लगायतको प्रविधिमा आधारित सेवाहरु पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको कम्पनीले बताएको छ ।